२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


लाइसेन्सको अनलाइन फारम पुन: बन्द


0
Shares

काठमाडौं । सवारी चालक अनुमतिपत्र(लाइसेन्स)को अनलाइन फारम पुन: बन्द गरिएको छ ।

सोमबार यायायात व्यवस्था कार्यालयले एक सूचना जारी गर्दै आज एक दिनको लागि अनलाइन फारम भर्न बन्द गरेको छ । फारम भर्ने अनलाइन सर्भरमा समस्या आएपछि मर्मतकार्यका लागि सर्भर बन्द गरिएको विभागले सूचनामार्फत जानकारी दिएको छ ।

चैत ११ गते लकडाउन भएपछि स्थगित गरिएको सवारी चाालक अनुमतिपत्रको अनलाइनम फारम यहि पुस १४ गतेबाट सुरु गरेको थियो ।

लामो समयपछि फारम खुलेकाले एकैपटक धेरै निवेदन आउँदा सेवाग्राहीको चापका कारण सर्भरमा समस्या आएको विभागले जनाएको छ । सेवाग्राहीले पनि फारम भर्न नपाएको भन्दै गुनासो गरेका छन् ।