
काठमाडौं । ललितपुर महानगरपालिकाले दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई २ सय थान रबर कोन र ३० थान ह्विल लक प्रदान गरेको छ ।
सोमबार आयोजित एक कार्यक्रममा महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले महाशाखा प्रमुख जनक भट्टराईलाई यी सामग्री हस्तान्तरण गर्नुभएको हो । महानगरपालिका प्रमुख महर्जनले दुर्घटना न्यूनीकरणका लागि महानगर क्रियाशील रहेको बताउनुभयो ।
ललितपुर महानगरलाई मुलुककै नमूना नगर बनाउने भन्दै उहाँले नगर भित्र बढेको सवारी चाप र दुर्घटना न्यूनिकरण गर्न आफ्ना नगर प्रहरीलाई तालिम पनि दिन लागेको जानकारी दिनुभयो ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख भट्टराईले प्राप्त सामग्रीको सदुपयोग हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्