
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४ सय १ जनामा भएको पीसीआर परीक्षणमा ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार सोमबार भेटिएका संक्रमतिको संख्या परीक्षणको तुलनामा ९ प्रतिशत हो ।
यस्तै, काठमाडौ उपत्यकामा भने १ सय ८५ जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौमा १ सय ४० , भक्तपुरमा २४ र ललितपुरका २१ जना रहेका छन् । यो सँगै देशभर २ लाख ६२ हजार २ सय ६२ जनामा संक्रमण देखिएको छ । ति मध्ये काठमाडौ उपत्यकाका भने १ लाख २२ हजार ४१ जना रहेका छन् ।
त्यस्तै, नेपाल थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हाल देशभर १ हजार ८ सय ८५ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । थप ५ सय ९४ जना संक्रमण मुक्त भए सँगै देशभर २ लाख ५५ हजार ८८ जनाले कोरोना संक्रमण जितेका छन् । देशभर कोरोनाका ५ हजार २ सय ८९ जना संक्रिय संक्रमित रहेका छन् । ति मध्ये २ सय ९ आइसियू र ३४ जना भेन्टिलेटरमा उपचार भइरहेको छ ।
देशभर १९ लाख ५२ हजार ९ सय ५२ जनाको पीसीआर परीक्षण भएको छ । हाल सम्म नेपालको जनसंख्याको ६ दशमलव ५ प्रतिशत व्यक्तिमा कोरोना परीक्षण भएको छ ।
प्रतिक्रिया दिनुहोस्