
काठमाडौं । नेपाली ब्राण्डको कपडा कम्पनी ‘निकेड एस्प्रस’ले अभिनेता प्रदिप खड्कालाई ब्राण्ड एम्बास्डर तोकेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा खड्कालाई ब्राण्ड एम्बास्डर तोकेको हो ।
चीनमा उत्पादन हुने नेपालको यो ब्राण्डले नेपालमा गुणस्तरीय सामान कम मुल्यमा उपलब्ध गराएको कम्पनीले जनाएको छ । कम्पनीले महिलाको लागि पाइन्ट र टि–सर्ट तथा पुरुषको लागि जम्पर, ज्याकेट, हुडि, सिलिकन र डाउन ज्याकेट, टि–सर्ट लगायतका कपडा उत्पादन गरिरहेको छ ।
केही समयमै बालबच्चाको लागि समेत कपडाहरूको उत्पादन गरिने कम्पनीले जनाएको छ । एम्बास्डर खड्काले कपडाको गुणस्तरीयता, मूल्य कम र प्रयोगमा सहजता भएका कारण ब्राण्डसँग आबद्ध भएको बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्