३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


प्रिमियर लिगमा लिभरपुल र साउथह्याम्पटन भिड्दै


0
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सोमबार साउथह्याम्पटन सामना गर्दैछ । खेल नेपाली समय अनुसार राति १ः४५ बजे सुरु हुनेछ । लिभरपुल र साउथह्याम्पटनबीचको खेल साउथह्याम्पटनको मैदानमा हुनेछ ।

यस्तै लिभरपुल जित निकाल्दै शीर्ष स्थानको अग्रतालाई कायम राख्न चाहन्छ भने साउथह्याम्पटन पनि घरेलु मैदानमा लिभरपुललाई हराएर अंकतालिका सुधार गर्न चाहन्छ । लिभरपुल १६ खेलमा ३३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने साउथह्याम्पटन २६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।