
काठमाडौं । निकासी व्यापारको सुधार राष्ट्रिय अर्थतन्त्रको मुल आधार भन्ने नारा सहित निर्यात परिपद्ले पौष २२ मा पाँचौ निर्यात दिवस २०७७ मनाउने तयारी गरेको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाली वस्तुहरुको अन्तराष्ट्रिय बजारमा निर्यात प्रवर्द्धनको प्रतिस्पर्धी बनाइ निकासी अभिवृद्धि गर्ने र उद्योगीलाई प्रेरित गर्ने उद्देश्यले दिवस मनाउने परिषद्ले जानकारी दिएको छ ।
आयातमुखी बजारलाई निर्यातमुखी बनाउन सरकार र सरोकारवालाको ध्यानाकर्षण गर्न निर्यात र व्यवसायीबीच सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यले निर्यात दिवस मनाउदै आएको परिषद्का अध्यक्ष हरिबहादुर कार्कीले बताउनुभयो ।
कोभिड–१९ ले नेपाली निर्र्यात जन्य वस्तुमा पुर्याएको असर समस्या समाधानका उपाय लगायत वस्तुको प्रवद्र्धन र विकासका लागि अपनाउनु पर्ने अल्पकालिन मध्यकालिन र दिर्घकालिन रणनीतिका सम्बन्धमा उद्यमी व्यवसायीलाई जानकारी दिने, आगामि दिनमा निकासी अभिबृद्धि गर्ने तर्फ निर्यात दिवसले प्ररित गर्ने परिषद्को विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्