
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आन्तरिक विवाद बढ्दै गएपछि एउटा पक्षले परराष्ट्र मन्त्रालय गुहारेको छ । संघको आसन्न विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता भएको हो ।
संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी ) का चार जना सदस्यसहित पाँच जनाले संयुक्त रूपमा नेपाल सरकारसँग विशेष अधिवशन रोक्न माग गरेका हुन् । संघका आइसीसी सदस्यहरू चिन्तामणि सापकोटा (स्पेन), शंकर खड्का (संयुक्त राज्य अमेरिका), दीपक शर्मा (अष्ट्रेलिया) र विजय मोक्तान (जर्मनी) तथा अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले निवेदन हालेका हुन् ।
संघको केन्द्रीय समितिबाट निर्णयसमेत नगराई नेतृत्वले जबरजस्ती विशेष अधिवेशन तोकेको दाबी उनीहरुको छ । यही जनवरी २३ र २४ तारिखमा आयोजना गर्ने भनिएको गैरआवासिय नेपाली संघको भर्चुल विशेष महाधिवेशन प्रचलित कानुन र संघको विधान तथा आम सदस्यहरूको भावनाविपरीत हुन लागेको असन्तुष्ट पक्षको आरोप छ ।
भौतिक रूपमा उपस्थित भई हुनुपर्ने विशेष अधिवेशन स्वार्थका लागि अध्यक्ष कुमार पन्त र महासचिव हेमराज शर्माले भर्चुअल रूपमा गर्न खोजेको र त्यो विधानविपरीत हुने उनीहरूको तर्क छ ।
प्रतिक्रिया दिनुहोस्