८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


मनीषा र रमेशले संयुक्त रुपमा पृथ्वी जयन्ती मनाउने


0
Shares

काठमाडौं । चर्चीत बलिउड अभिनेत्री मनीषा कोइराला र नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेल राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाउन एकै ठाउँमा उभिने भएका छन् ।

पछिल्लो समय क्यान्सरविरूद्धको अभियानमा सक्रिय कोइराला र ‘हाम्रो नेपाल र सुशासन’ अभियान चलाइरहेका खेरलले आज पत्रकार सम्मेलन मार्फत पुस २७ गते मनाइने पृथ्वी जयन्तीको कार्यक्रम सार्वजनिक गर्दैछन् ।

हामीसंग कुरा गदै खरेलले नेपाल राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदान महत्वपूर्ण रहेको र उहाँको सम्मानमा विभिन्न कार्यक्रमहरू गर्न लागिएको जानकारी दिनुभयो । विचार मिल्यो भने आगामी दिनमा अभियानमा मनिषा कोइरालासँगै काम गर्न सकिने खरेलको भनाई छ ।