१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


जोकोभिच र नदालले एटिपी कप टेनिस प्रतियोगिता खेल्ने


0
Shares

काठमाडौं । शिर्ष खेलाडीहरु नोभाक जोकोभिच र रफाइल नदालले एटिपी कप टेनिस प्रतियोगिता खेल्ने भएका छन् । अष्ट्रेलियाको मेलबर्नमा अर्को महिना हुने यो प्रतियोगितामा १२ देशले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष एकलतर्फको विश्व वरियतामा शिर्ष स्थानमा रहेका खेलाडीहरुको आधारमा १२ टोली छनौट गरिएको हो । अघिल्लो वर्ष २४ टोलीलाई सहभागी गराइएपनि यो वर्ष कोरोना महामारीका कारण १२ देशले मात्र खेल्ने भएका छन् ।

प्रतियोगिता यही फेब्रुअरी १ देखि ५ सम्म मेलबर्नमा हुनेछ । प्रतियोगितामा साविक विजेता सर्वियन टोलीको नेतृत्व जोकोभिचले गर्नेछन् भने स्पेनको नेतृत्व नदालले गर्नेछन् ।

प्रतियागितामा सहभागिता जनाउने अन्य देशहरुमा अष्ट्रिया, रुस, ग्रिस, जर्मनी, अर्जेन्टिना, इटाली, जापान, फ्रान्स, क्यानाडा र अष्ट्रेलिया रहेका छन् । एजेन्सी