१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मोटरसाईकल चोर्ने दुई पक्राउ


0
Shares

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ्ग त्रिपुरासून्दरी गाउँपालिका ५ चैनपुरका २२ बर्षीय आयुष थापा मगर र दोलखा भिमेश्वृर ३ भिमफेदी घर भई हाल काठमाण्डौ रानिवन बस्ने २४ बर्षीय रोशन लामिछाने रहेका छन ।

पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । आयुषलाई नयाँबजारबाट र रोशनलाई बालाजुबाट चोरीको मोटर्साइकल चलाइ रहेको अवस्थामा मोटरसाईकल सहित पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

महाशाखाले पुष महिनामा मात्रै ४१ वटा मोटरसाइकल अनुसन्धानका लागि ल्याएको र चोरीमा संलग्न ११ जनालाई पक्राउगरी मुद्दा समेत चलाई सकेको जनाइएको छ ।