
web pic
इलाम । देउमाई नगरपालिका–८ आमबोटेकी २७ वर्षीया नम्रता राईको हत्या भएको छ । आज बिहान साढे ५ बजे सामान्य घरायसी विवादका विषयलाई लिएर श्रीमतीलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अभियोग पति ३३ वर्षीय सुवास राईलाई जिल्ला प्रहरी कार्यालय इलामले लगाएको छ ।
घटनाबारे जानकारी पाउनासाथ प्रहरीचौकी जीतपुरबाट खटिएको प्रहरी टोलीले अभियुक्त राईलाई नियन्त्रणमा लिएको छ । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृतसहितको टोलीले अनुसन्धान गरिरहेको र शव परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्