१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जर्जियामा दुई सिनेटका लागि भएको मतदानमा डेमोक्रेटिक उम्मेदवारहरुको अग्रता


0
Shares

काठमाडौं । जर्जियामा अमेरिकी सिनेटको २ सिटका लागि भएको निर्वाचनको पछिल्लो मतपरिणाममा डेमोक्रेटिक उम्मेदवारहरुको अग्रता देखिएको छ । चुनावमा रिपब्लिकन उम्मेदवारहरु डेभिड पर्डयु र केली लोफ्लर मैदानमा छन् ।

त्यस्तै डेमोक्रेटिक उम्मेदवारहरुमा जोन ओसफ र राफल वार्नक रहेका छन् । सिनेटमा अहिले ४८ सिट डेमोक्रेटिक पार्टीको र ५० सिट रिपब्लिकन पार्टीको छ । जर्जियाको दुई सिटले सिनेटको बहुमत निर्धारण गरेर सिंगै अमेरिकाको परिदृश्य परिवर्तन गर्न सक्ने भएकाले यो चुनावलाई महत्वका साथ हेरिएको छ ।

यही चुनावी परिणामले अमेरिकाको सिनेटमा कुन राजनीतिक दलको नियन्त्रण कायम हुनेछ भन्ने कुराको निर्धारण गर्नेछ । तल्लो सदनमा यसअघि नै डेमोक्र्याट्सको नियन्त्रण कायम भइसकेको छ । जर्जियामा दुबै सिट रिपब्लिकनले जितेमा सिनेटमा रिपब्लिकनको बहुमत कायम हुनेछ ।

यसो भएमा बाइडेन प्रशासनले संसदबाट आफूले चाहेका विधेयक आगामी दुई वर्षसम्म पारित गराउन मात्र नभई विभिन्न नियुक्तिमा समेत रिपब्लिकनको सहमति लिनु पर्ने छ । एउटामात्र सिट रिपब्लिकनले जितेमा पनि सिनेटमा रिपब्लिकनकै बहुमत कायम हुनेछ । एजेन्सी