
सिन्धुली । उपप्रधानमन्त्री तथा नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले सरकारले निर्वाचनको मिति घोषणा गरिसकेकाले निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा आज नेकपा ओली समूहका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले निर्वाचनको तयारी सरकारले गरी रहेको बताउनुभयो । नेता पोखरेलेले नेकपा आधिकारिक रुपमा विभाजन नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक पार्टी भएको दावी गर्नुभयो ।
उहाँले निर्वाचन आयोगले सूर्य चिन्ह ओली समूहलाई नै दिने समेत बताउनुभयो । उहाँले निर्वाचनले नै लोकतन्त्र बलियो हुने र मतदाताको अभिमतको सुनिश्चितता हुने भएकाले आजैबाट निर्वाचनको तयारी थाल्न पनि आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्