
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरस नियन्त्रणका लागि भारतले चालेको कदमको खुलेर प्रशंसा गरेको छ । डब्ल्युएचओका प्रमुख डा.घेब्रेयससले कोरोना विरुद्धको खोप निर्माणमा भारतले विश्वमै ठूलो देशको रूपमा काम गरिरहेको बताउनुभएको हो ।
भारतमा हालै बनेको कोरोनाभाइरस विरुद्धका खोप कोभिसिल्ड र कोभ्याकसिनलाई आपतकालिन प्रयोगमा ल्याउन अनुमति दिनु निकै सरहानीय कार्य भएको उहाँको भनाइ छ । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटरमा भारतको तारिफ गरेको सन्देश प्रवाह गर्नुभएको हो । उहाँले कोरोना नियन्त्रणका लागि भारतले जस्तै अन्य राष्ट्रहरूले पनि कदम चाल्नु पर्ने सुझाव समेत दिनुभयो ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोराना भाइरस विरुद्धको खोप कोभ्याक्सिन तयार पारेकोमा भारतका वैज्ञानिक र चिकित्सकहरूलाई धन्यवाद दिनुभएको थियो । भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण १ करोड ३७ लाख ५ हजार ४ सय बढी संक्रमित छन् भने १ लाख ५० हजार १ सय बढीको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्