१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फिल्ममा संगीत गर्न नचाहेका संगीतकार, जो २५ वर्षमै आत्महत्या गर्न चाहन्थे


0
Shares

एजेन्सी । भारतीय संगीतकार एवं गायक एआर रहमान ५४ वर्षका भए । उनले आज आफ्नाे जन्मदिन मनाउँदैछन् ।

१९६७ मा चेन्नईमा जन्मेका उनको २०१८ मा कृष्णा त्रिलोकले लेखेको आधिकारिक बायोग्राफी बाहिरियाे । किताबमा रहमानको जीवनको उचारचढावको बारेमा उल्लेख गरिएको छ । उनको गीतसंगीतको चर्चा जति हुन्छ उनको व्यक्तिगत जीवनको विषयमा प्राय कम चर्चा हुनेगर्छ ।

अहिले एआर रहमानको रूपमा चिनिने उनको वास्तविक नाम दिलीप कुमार हो । उनको किताबमा पनि उनको नाम जम्मा एकपटक मात्र प्रयोग भएको छ । बाँकी स्थानमा कि त ए आर वा रहमान प्रयोग भएको छ ।

उनले ४ वर्षको उमेरदेखि पियानो बजाउन सिकेका थिए । उनका बुवाले उनलाई पियानो बजाउन सिकाएका थिए । तर, उनी पनि धेरै समय रहेनन् । पछि घर खर्च चलाउनका लागि उनकी आमाले पियानो भाडामा दिन थालिन् । यद्यपि बजाउन भने रहमान नै जाने गर्थे ।

कहिल्यै पनि फिल्ममा संगीत दिन नचाहने एआर रहमानले ११ वर्षको उमेरमा मलायालम संगीतमा चर्चित बाध्यबाधकको रूपमा चिनिए । यद्यपि पछि उनको चर्चा सेलाउँदै गयो र काम पाउन पनि मुस्किल हुने अवस्था आयो । २५ वर्षको उमेरमा उनी जीन्दगीप्रति एकदमै निराश बने र दैनिक आत्महत्याको बारेमा सोच्न थाले ।

रहमानले आफ्नो पहिलो रेकर्डिङ स्टुडियो ‘पञ्चतान रेकर्ड इन’ चेन्नईमा रहेको आफ्नै घरको आँगनमा बनाएका थिए । अहिले पनि उनी चेन्नई गएका बेलमा प्रायजसो यसै स्टुडियोबाट काम गर्छन् । रहमानले मागी विवाह गरेका हुन् ।

आफ्नो हरेक काममा पर्फेक्सन खोज्ने रहमानले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिनेमा संगीतकर्मी र आम श्रोता विश्वस्त छन् । जन्मदिनमा लाखौं प्रशंसकहरूले उनलाई शुभकामना दिएका छन् ।