
काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा परेका छन् । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पीएसएलले लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ । प्लाटिनम प्रतियोगिताकै महङ्गो श्रेणी हो ।
प्लाटिनम श्रेणीमा पर्ने खेलाडीको पारिश्रमिक न्यूनतम १ लाख ४७ हजार अमेरिकी डलर देखि अधिकतम दुई लाख १८ हजार अमेरिकी डलर तोकिएको छ । पीएसएलको ड्राफ्टको प्लाटिनम श्रेणीमा नेपालका लामिछानेसँगै रासिद खान, डेभिड मिल्लर, क्रिस गेल, लेन्डन सिमन्स, कार्लोस ब्रेथवेट, डेविड मलान, मुजिब उर रहमानलगायत विश्वकै चर्चित खेलाडी छन् ।
एउटा टोलीले तीन खेलाडी प्लाटिनम श्रेणीबाट लिन पाउने व्यवस्था गरिएको छ । पीएसएलका लागि खेलाडी छनोट पुस २६ गते गरिनेछ । यस वर्षको पीएसएल आगामी मार्चमा हुनेछ । सन्दीप २०१९ को पीएसएलमा लाहोर टोलीमा अनुबन्ध भएका थिए ।

प्रतिक्रिया दिनुहोस्