१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


फिटनेसमा ध्यान दिँदै क्रिकेट खेलाडी, त्रिकोणात्मक श्रृंखला सुखद बनाउने तयारी


0
Shares

काठमाडौं । झण्डै वर्ष दिन क्रिज भन्दा बाहिर रहेका खेलाडी अहिले ओमान, अमेरिका र नेपालबीच हुने त्रिकोणात्मक श्रृखंलाको तयारीमा लागिरहेका छन् । लकडाउनका कारण घरेलु अभ्यासमा सीमित बनेका राष्ट्रिय क्रिकेट खेलाडी अहिले फिटनेस ट्रेनर र फिजियोको प्रत्यक्ष निगरानीमा फिटनेसका लागि अभ्यासमा जुटिरहेका छन् ।

नेपाल क्रिकेट संघले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मंसिर दोस्रो साता देखि बन्द प्रशिक्षणमा राखेर चरणवद्ध तरिकाले अभ्यास गराइरहेको छ । कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि क्रिकेट खेलाडीको प्रशिक्षण रोकिएको थियो । सोही कारण केही खेलाडीमा फिटनेसको समस्या देखिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका फिजियो बिक्रम न्यौपानेले बताउनुभयो ।

केही खेलाडीले व्यक्तिगत रूपमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अभ्यास गरिरहेका छन् । लामो समय देखि मैदान ओर्लिन नपाएका खेलाडीलाई वृत्तिविकासका लागि विभिन्न चरणका अभ्यास गराइरहेको राष्ट्रिय क्रिकेट टोलीका फिटनेस ट्रेनर आशय हट्करले जानकारी दिनुभयो ।

निरन्तर राष्ट्रिय टोलीको फिटनेस लेभल हेरिरहेका फिजियो बिक्रम न्यौपानले केही दिन यताको फिटनेसले खेलाडीमा सुधार आएको बताउनुभयो । यस्तै राष्ट्रिय टोली उप कप्तान दिपेन्द्र सिंह ऐरीले इन्जुरी विस्तारै रिकभर हुँदै आएको बताउनुभयो । उहाँले ओमान सँगको श्रृखंलालाई लक्षित गरेर टोलीले अभ्यास गरिरहेको बताउनुभयो । युवा ब्याट्सम्यान रोहित पौडेल पनि अभ्यासमा फर्किन पाउँदा खुसी हुनुहुन्छ ।

सन् २०१४ मा बंगालदेशमा भएको ट्वान्टी–२० विश्वकप खेल्दै अन्तर्राष्ट्रिय स्तरमा उदीयमान देशको परिचय बनाएको नेपालले एक दिवसीय मान्यता पनि पाइसकेको छ । अहिलेको अवस्थामा तयारीलाई तीब्रता दिएको नेपालले ओमान, अमेरिका र नेपालसँगको क्रिकोणात्मक श्रृखंला सुखद बनाउन जुटिरहेको छ ।