
एजेन्सी । पाकिस्तानको एक अदालतले बलात्कार पीडितको ‘भर्जिनिटी टेस्ट (कुमारीत्व परीक्षण)’ बन्द गर्न आदेश दिएको छ । पाकिस्तानको मानवअधिकार समर्थकहरूले अदालतको यो आदेशको स्वागत गरेको छ ।
पञ्जाब प्रान्तमा यो फैसलापछि हायमन जाँच गर्न र टू–फिङ्गर जाँच गर्ने प्रक्रिया रोकिनेछ । लाहोर उच्च अदालतकी न्यायाधीश आयशा मलिकले यसलाई अपमानजनक बताउँदै यसबाट बलात्कारपछिको स्वास्थ्य परीक्षणमा कुनै मद्दन नगर्ने ठहर गनुभएको छ ।
पञ्जाब प्रान्तका मानवअधिकारर्मीहरूले हालेको रिटमा अदालतले यस्तो आदेश दिएको हो । मानवअधिकारकर्मीहरूले लामो समय देखि बलात्कारको घटनामा भर्जिनिटी टेस्ट बन्द गर्नुपर्ने माग गर्दै आएका थिए । यसको कुनैपनि वैज्ञानिक आधार नभएको उनका अधिवक्ताहरूको दाबी थियो ।
यो फैसला पञ्जाब प्रान्तमा लागू हुनेछ । तर, यसले अन्य प्रान्तमा परेको रिटहरूको लागि भने उदाहरण बनेको छ । यस्तै एक रिट सिन्ध प्रान्तको उच्च अदालतमा पनि परेको छ ।
फैसलाले भर्जिनिटी टेस्टको यौन हिंसासँग सम्बन्धित घटनामा कुृनै पनि फरेन्सिक महत्त्व नभएको पुष्टि गरेको रिटकर्ताहरूमध्येका एक अधिवक्ता समीर खोसाले बताउनुभयो । उहाँले फैसलापछि अधिकारीहरूले भर्जिनिटी टेस्लाई सधैँको लागि विदाइ गर्ने विश्वास व्यक्त गर्नुभयो ।
के हो टू–फिंगर टेस्ट ?
टू–फिंगर टेस्टमा महिलाको यौनाङ्गमा एक वा दुई औँला हालेर त्यहाँ हाइमन छ वा छैन भनेर जाँच गर्ने गरिन्छ । महिलाले पहिला शारीरिक सम्बन्ध गरेको छ वा छैन भनेर जाँच गर्न टू–फिंगर टेस्ट गर्ने गरिन्छ ।
टू–फिंगर टेस्टबाट महिलाले पहिला नै शारीरिक सम्बन्ध राखेको वा नराखेको थाहा पाउने केही डाक्टरहरूको दाबी छ । यदि कोही महिलाले पहिला नै शारीरिक सम्बन्ध राखेको थियो र उनी बलात्कारमा परिन् भने टू–फिंगर टेस्टको सहायताले पीडित महिलाको बयानलाई नकार्ने गरेको कैयौं उदाहरण छन् ।
विश्व स्वास्थ्य संगठनले भर्जिनिटी टेस्टलाई खारेज गर्दै यसको कुनै पनि वैज्ञानिक आधार नहुदे बताएको छ । साथै उसले यसलाई मानवअधिकारको उल्लंघन समेत भनेको छ ।
प्रतिक्रिया दिनुहोस्