
काठमाडौं । गायिका आस्था राउतले ‘द भ्वाइस अफ नेपाल सिजन-३’ आफू कोचका रुपमा सहभागि नहुने बताउनु भएको छ । ईमेज टेलिभिजनसँग कुरा गर्दै आफ्नो व्यवस्तताका कारण सिजन-३ मा कोचका रुपमा सहभागि हुन नसकेको खुलाशा गर्नु भएको हो ।
उहाँले भन्नुभयो, ‘भ्वाइस अफ नेपाल मेरो परिवार भएकाले अन्य सिजनमा कोचका रुपमा सहभागी भए पनि यो सिजनमा म सहभागि हुन सक्दिन ।’ कोरोना असरका कारण व्यक्तिगत कामहरु अलपत्र रहेकाले सिजनमा सहभागि नभएर आफ्ना कामहरुलाई समय दिने उहाँले जानकारी दिनुभयो ।
‘द भ्वाइस अफ नेपाल सिजन-३’ मा राउतको ठाउँमा मेलिना राई कोच हुने हल्ला छ ।द भ्वाइस अफ नेपाल सिजन-२’ मा राउत जजको रुपमा सहभागि हुनुभएको थियो । यस अघि सिजन-१ मा अभया सुब्बा कोचका रुपमा हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्