१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दंगाको समय अमेरिकी संसदमा एक महिला पत्रकारको आँखा…


0
Shares

एजेन्सी । जुन समय अमेरिकाको वासिङ्टनस्थित क्यापिटल बिल्डिङ(संसद भवन)मा ट्रम्प समर्थकहरूले आक्रमण गरे, जेमी स्टेह्म बिल्डिङ भित्रै थिइन् । उनी राजनीतिक विषयमा लेख्ने पत्रकार हुन् । भिड क्यापिटल बिल्डिङमा प्रवेश गरेको समयमा उनी पत्रकारका लागि छुट्याइएको ग्यालरीमा बसिरहेकी थिइन् ।

बुधबार बिहानदेखि नै उनलाई केही ठूलो घटना हुन्छ जस्तो लागिरहेको थियो । उनले यसबारेमा आफ्नी बहिनीलाई पनि बताएकी थिइन् । उनले आफ्नो बहिनीलाई केही नराम्रो हुनेवाला छ भनेकी थिइन् ।

जब उनी क्यापिटल बिल्डिङ पुगिन्, त्यतिबेला ट्रमपक समर्थकहङ बिल्डिङ बाहिर जम्मा भएका थिए । उनीहरूले ट्रम्पको समर्थमा नारा लगाइरहेका थिए । हातमा अमेरिकी झण्डा बोकेका उनीहरू एकदमै आक्रमक देखिएका थिए ।

उनी प्रेस ग्यालरी (पत्रकार बस्ने ठाउँ) पुग्दा सभामुख नेन्सी पेलोसी मञ्चमा थिइन् भने संसदको सत्र चलाइरहेकी थिइन् । पत्रकार जेमी भन्छिन्, ‘हामी प्रेस ग्यालरीमा थियौं, दुई घण्टा भएको थियो । तब अचानक सिसा फुटेको आवाज सुनियो । केही मिनेटमा प्रहरीले बिल्डिङमा प्रदर्शनकारी घुसेको भन्दै माइकिङ गरे । सांसदहरु आत्तिएका थिए । प्रहरीको माइकिङ ठूलो हुँदै आएको थियो । प्रहरीले छिटो छिटो मानिसहरू संसदभित्र घुसेको बताइरहेको थियो ।’

‘केही मिनेटमै मानिसहरू संसदको दुवै सत्र चलेको सेन्ट्रल हलभित्र पुगे । लोकतन्त्रको मन्दिर भनिने क्यापिटल बिल्डिङमा तोडफोड र आगजनी भइरहेको थियो । प्रेस ग्यालरी वरिष्ठ पत्रकाहरू थिए । यीमध्ये केही दंगाको बारेमा आफ्ना मिडियालाई जानकारी दिइरहेका थिए । क्यापिटल बिल्डिङमा यस्तो हुन्छ भनेर हामीले कम्पना समेत गरेका थिएनौं’, उनले भनिन् ।

परिस्थिति प्रहरीको हातबाहिर गइसकेको थियो । उनीहरूमा सामन्जस्यताको कमी देखिएको थियो । उनीहरू आफैँ हडबढाइरसकेका थिए । त्यसपछि उनीहरूले च्याम्बर हलको ढोका बन्द गरे र पत्रकारहरू प्रेस ग्यालरीबाट निस्कनुपर्ने बताए । यो सुनेर त्यहाँ भएका सबै पत्रकार डराएका थिए । ‘त्यहि क्रममा मैले आफ्नो परिवारलाई फोन गरेर घटनाको सम्पूर्ण विवरण बताए, त्यतिबेलाको अवस्था एकदमै खतरनाक थियो’, उनले भनिन् ।

त्यति नै बेला गोली चलेको आवाज आयो । झ्यालछेउमा बसेका पाँचजनाले बन्दुक तानिरहेका थिए । उनीहरुरूले झ्यालको फुटेको सिसाबाट बाहिर ताकिरहेका थिए । उनीहरुलाई देख्दा केही समयभित्रै पुनः गोली चल्न सक्ने अनुमान गर्न सकिन्थ्यो । राम्रो कुरा के भयो भने प्रेस ग्यालरी र चेम्बरभित्र गोली चलेन । हामीहरू घुँडा टेकेर प्रेस ग्यालरीबाट बाहिर निस्कियौं ।