२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दार्चुलामा भारतले फेरि सीमा मिच्यो


26
Shares

काठमाडौं । भारतले महाकाली नदीको प्राकृतिक बहाव अवरुद्ध पारेर पुनः सीमा मिचेको छ । अन्तर्राष्ट्रिय सम्झौता उल्लंघन गर्दै नेपाली भूमीमा भारतले एकतर्फी तटबन्ध निर्माण गर्न थालेको हो । २०७० असार २ गते महाकाली नदीमा आएको बाढीले महाकाली नदीले नेपालतर्फको भू–भाग कटान गर्दा नेपालको भूमी भारतपट्टी परेको छ । त्यही भूमिमा भारतले अहिले बाँध निर्माण गरिरहेको हो ।

पुस १ गतेदेखि एकतर्फी रुपमा महाकली नदीमा बाँध निर्माणका काम थालेको भारतले नेपालले पठाएको पत्रको समेत वेवास्ता गरेको छ । दुई देशको सीमामा केही काम गर्नुपरे दुवै देशको समन्वयमा काम गर्नुपर्ने अनराष्ट्रिय नियम छ । तर, भारतले त्यसलाई उल्लंघन गर्दै मनलाग्दी तरिकाले नेपाली भूभागमा बाँध निर्माण गरिरहेको छ ।

महाकाली नदीको बाँध निर्माण गर्ने क्रमा उसले ठूला यन्त्र उपकरण प्रयोग गरेको छ । ढुुङ्गामाटो नदीमा फाल्दा भारततर्फको भाग अग्लो भइ नदीको बहाव नेपालतर्फ फर्किएको छ । समन्वयविना बाँध निर्माण थालेपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारीले भारतको धार्चुलाका उपजिल्ला अधिकारीलाई पत्र लेख्दै समन्वयविना भएको बाँध निर्माण तत्काल रोक्न आग्रह गर्नुभयो ।

पत्र पछि पनि काम रोकिएको छैन । कामको गति केही कम गरे पनि अहिलेसम्म बाँध निर्माण भइरहेको दार्चुलाका सहायक प्रम्ुखजिल्ला अधिकारी ज्योत्स्नना भट्ट जोशीले जानकारी दिनुभयो ।
२०७० मा आएको बाढीपछि नेपाली पक्षले बाँध निर्माण गर्न लाग्दा भारतीय पक्षले काममा अवरोध गरेको थियो ।

त्यसपछि नेपालले सुरु गरिसकेको काम पनि रोकेको थियो । अहिले भने भारतीय पक्षले नेपालले पठाएको पत्रलाई वेवास्ता गर्दै काम अघि बढाइरहेको छ । यसले भारतले नेपालप्रति कतिसम्म हेपाहा प्रवृत्ति राखेको छ भन्ने प्रमाणित गरेको छ ।

भारतले यसअघि दार्चुलाकै कालापानी र लिपुलेक पनि मिचेको छ । त्यहाँ उसले आफ्ना सेना समेत राखेर नेपालीलाई समेत जान अवरोध गर्दै आएका छन् ।