
काठमाडौं । नयाँ प्रकृतिको कोरोना भाइरसको सक्रमण बढ्न थालेपछि जापानमा पुनः लकडाउन घोषणा गरिएको छ । जापानका प्रधानमन्त्री योसिहिदा सुगाले राजधानी टोकियो र आसपासका मुख्य सहरमा लकडाउनको घोषणा गर्नुभएको हो ।
कोरोनाको महामारी बढ्दै गएकाले होटल तथा रेष्टुराँहरु सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएकाले सावधानी अपनाएर सोही अनुसार सञ्चालन गर्न पनि आग्रह गर्नुभएको छ । नयाँ वर्षलगत्तै लकडाउन गर्ने बताइएपनि एक साता पछि मात्र घोषणा गरिएको हो । महामारी नियन्त्रणमा नआएसम्म खेलकुदका गतिविधि र सार्वजनिक समारोहहरु आयोजना नगर्न पनि प्रधानमन्त्री सुगाले आग्रह गर्नुभएको छ ।
टोकियोमा मात्र हाल दैनिक करिब तीन सयको हाराहारीमा कोराना संक्रमित फेला पर्न थालेको त्यहाँको सरकारले जनाएको छ । कोरोनाविरुद्धको खोप स्वीकृतिका लागि अन्तिम चरणमा रहेको भन्दै प्रधानमन्त्री सुगाले चाँडै नै सरकारले भ्याक्सिन उपलब्ध गराउने बताउनुभएको छ । सरकारले जारी गरेका लकडाउनका नियमहरु पालना नगर्नेहरुलाई कानुनी सजाय र जरिवानासमेत हुने अधिकारीहरुले चेतावनी दिएका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्