
एजेन्सी । विश्वभर कोरोना भाइरसले आक्रान्त बनाइरहँदा दक्षिण अफ्रिकामा भने नयाँ प्रकारको कोरोना भाइरसको प्रजाति भेटिएको छ ।
वैज्ञानिकहरुले दक्षिण अफ्रिकामा भेटिएको नयाँ प्रकारको कोरोनालाई कोभिड म्युटेशन नाम दिएका छन् । यो नयाँ प्रकारको कोरोना भाइरसलाई लिएर वैज्ञानिकहरु चिन्तित भएको बीबीसीले उल्लेख गरेको छ ।
यसका साथै बेलायतमा भेटिएको नयाँ कोरोनाको प्रकारजस्तै यो पनि नयाँ प्रकारको कोरोना भएको र यसले पनि तीव्र गतिमा संक्रमण फैलाइरहेको बताइएको छ । अब यसको लागि कुन भ्याक्सिन र कसरी बनाउने भन्नेमा ध्यान केन्द्रित रहेको वैज्ञानिकहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्