
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले केपी ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक नेकपा भएको दाबी गर्नुभएको छ ।
शुक्रबार नेकपा ओली समूहको काठमाडौं जिल्ला कमिटीद्धारा आयोजित जनप्रतिनिधि भेलामा बोल्दै नेता पोखरेलले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक भएको दाबी गर्नुभयो । उहाँले सूर्य चिन्ह कसको हुन्छ भन्ने कुरामा समेत द्विविधामा नपर्न आग्रह गर्नुभयो ।
स्थानीय जनप्रतिनिधिहरुलाई सूर्य चिन्ह जता जान्छ त्यतै जाने मनस्थिति नबनाउन पनि आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्