१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्रीलाई ७७ वटा संविधानका पुस्तक


0
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले जिल्ला प्रशाशन कार्यालय मार्फत प्रधानमन्त्रीलाई संविधानको पुस्तक पठाएको छ ।

दाहाल–नेपाल समूहले गठन गरेको केन्द्रीय संघर्ष समितिले शुक्रबार देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा विघटनको विरुद्धमा विरोध पत्र र संविधानको पुस्तक पठाएको हो ।

संविधानको पुस्तक पठाउन नेताहरू प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमका विरुद्धमा संघर्ष गरौं लेखिएको ब्यानर सहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।