१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्जा तिर्ने समय थप्न व्यवसायीको आग्रह, बैंकले अफसिजनमा सुन ल्याउँदा व्यवसाय नै बदनाम


0
Shares

काठमाडौं । व्यवसायीहरूले कर्जा तिर्ने समय थप गरिदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौं र आठौं साधारणसभा तथा तेस्रो महाधिवेशनका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उद्योगी व्यवसायीहरूले कोभिडका कारण कारोबार प्रत्यक्ष प्रभावित भएको भन्दै सरकारका तर्फबाट बैंक कर्जा तिर्ने समयावधि थप गर्न तथा सहुलियतको माग गरेका हुन् ।

महासंघका अध्यक्ष मोहन सुनुवारले कच्चा पदार्थको अभावमा वार्षिक अर्बौैं कारोबार गर्ने व्यवसायीले खुम्चिएर कारोबार गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । बै‌कहरूले सिजनमा सुन नल्याउने अफ सिजनमा ल्याएर थुपार्ने गर्दा आफूहरूको व्यवसाय नै बदनाम हुनपुगेको सुुनुवारको गुनासो थियो ।

सरकारले व्यवसाय सहजीकरणका लागि कच्चा पदार्थ व्यवस्थापन र नीति नियममा सहजीकरण गर्न पनि व्यवसायीले माग गरेका छन् ।