
स्याङ्जा । ४ बर्ष देखि बुहारी बलात्कार गरेको आरोपमा स्याङ्जाको आँधीखोलाबाट प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ । २१ वर्षीय महिलाले बिहीबार दिएको जाहेरीको आधारमा ससुरा नाता पर्ने ६० वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरिएको हो ।
ससुराले मादक पदार्थ सेवन गरी सुतेको अवस्थामा पटक–पटक बलात्कार गरेको महिलाले बिहीबार दर्ता गरेको जाहेरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो ।
बृद्धलाई जिल्ला अदालतबाट करणी सम्बन्धी कसूर मुद्दामा पाँच दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । ससुरा नाता पर्ने भएकाले बृद्धको नाम गोप्य राखिएको छ । वृद्धको नाम खुलाउँदा महिलाकोे गोपनियतामा समेत असर पर्ने प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्