१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट : अस्ट्रेलियाको १ सय ३ रनको अग्रता


0
Shares

काठमाडौं । भारतविरुद्धको तेस्रो टेस्टको तेस्रो दिन अष्ट्रेलियाले अग्रता बनाएको छ । सिड्नीमा तेस्रो दिनको खेल सकिदा अष्ट्रेलियाले १ सय ९७ रनको अग्रता बनाएको हो । भारतलाई पहिलो इनिङ्समा अलआउट गर्दै दोसो इनिङ्स थालेको अष्ट्रेलियाले २ विकेटको क्षतिमा १ सय ३ रन जोडेको छ ।

अष्ट्रेलियाका लागि मार्नुस लेबुसचेन ४७ रन र स्टिभन स्मिथ २९ रनमा अविजित छन् । डेभिड वार्नर १३ र विल पोकोवस्कीले १० रन बनाएर आउट भए । भारतका मोहमद सिराज र रविचन्द्र आश्विनले समान १–१ विकेट लिए ।

त्यसअघि भारत तेस्रो दिनमा २ सय ४४ रनमा अलआउट भएको थियो । दोस्रो दिनमा २ विकेट गुमाएर ९६ रन बनाएको भारत तेस्रो दिनमा पनि सम्हालिएर खेल्न नसक्दा २ सय ४४ रनमा अलआउट भयो । भारतका शुबमन गिल र चेतेश्वर पुजाराले समान ५० रनको अर्धशतकीय इनिङ्स खेले । ऋषब पन्तले ३६ रन जोड्दा रविन्द्र जडेजा २८ रनमा अविजित रहे । अष्ट्रेलियाका पाट कुमिन्सले ४ विकेट लिए ।

आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको ४ खेलको सिरिज १–१ को बराबरीमा रहेको छ । पहिलो टेस्ट अष्ट्रेलियाले ८ विकेटले जितेको थियो भने दोस्रो टेस्टमा भारतले पनि ८ विकेटको जित निकालेको थियो ।