१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री कप क्रिकेट : प्रदेश १ द्वारा २२ सदस्यीय टोली घोषणा


0
Shares

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि प्रदेश–१ ले २२ सदस्यीय टोलीको घोषणा गरेको छ ।

प्रदेश–१ ले घोषणा गरेको टिममा सिद्धान्त लोहनी, फिर्दोस अंसारी, दीपक पासवान, राजन मगर, सुवनकार उराउ, मिनास थापा, दिपेश कँडेल, श्रवन यादव, मनोज तामाङ र प्रवेश कमाती रहेका छन् ।

यस्तै, आशिष श्रेष्ठ, ज्ञानेन्द्र श्रेष्ठ, नितय कडोरिया, सुजन थपलिया, जोसक खड्का, राकेश सोनी, सोनु मण्डल, सरोज बस्नेत, गौरव कटवाल, विवेक मेहेता, प्रजोल खत्री र हेमन राई रहेका छन् ।

पुरुष प्रधानमन्त्री कप क्रिकेट माघ २ गतेबाट टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ । प्रतियोगितामा ३ विभागीय सहित ७ वटा प्रदेशको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।

समूह ए मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश–१ र कर्णाली प्रदेश रहेका छन । समूह बी मा नेपाल पुलिस क्लब,बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश–२ र सुदूरपश्चिम प्रदेश रहेका छन । उद्घघाटन खेलमा आर्मी र गण्डकी प्रदेशबीच टियु मैदानमा प्रतिस्पर्धा हुनेछ ।