१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


६२ यात्रु बोकेको जहाज सम्पर्कविहीन


0
Shares

काठमाडौं, पुस २५ । इण्डोनेसियाको राजधानी जाकार्ताबाट उडेको एउटा विमान सम्पर्कविहीन भएको छ । विमानमा ६२ यात्रु रहेको जनाइएको छ ।

श्रीविजया एयरको बोइङ ७३७ वेष्ट कलिमनतन प्रान्तको आकाशबाट सम्पर्कविहीन भएको अधिकारीहरुले जनाएका छन् ।

फ्लाइट रायर २४ का अनुसार यो विमान एक मिनेटभन्दा पनि कम समयमा १० हजार फिट तल आएको थियो । प्रत्यक्षदर्शीहरुले एउटा ठूलो विष्फोटको आवाज सुनेको पनि बताएका छन् ।

सम्पर्कविहीन भएका विमानको खोजी भइरहेको हवाई उड्डयन मन्त्रालयले जनाएको छ ।