
काठमाडौं । सरकारले हालै कृषिमा शर्तसहितको वैदेशिक लगानी ल्याउने निर्णयसँगै यसको पक्ष विपक्षमा बहस सुरु भएको छ । सरकारको उक्त निर्णय कार्यान्वयनमा आए कृषि पेशामा लागेका झण्डै ६६ लाखभन्दा बढी व्यक्ति प्रभावित हुने बताइएको छ ।
अर्काको जमिन भाडामा लिएर वा कुत तिरेर खेतीपाती अर्थात् पशुपालन गर्दै आएका किसान झनै मर्कामा पर्ने लगानीको विपक्षमा रहेकाहरुको भनाइ छ । हरुवा, चरुवा र कृषि मजदूरबाट कृषक बन्न उद्वत भएका नेपाली किसानलाई सरकारको उक्त निर्णय हितकारी नहुने कृषि उद्यमीहरु बताउँछन् । वैदेशिक लगानी भित्रिएपछि साना किसानले प्रतिस्पर्धा गर्न नसकेर लगानीकर्ताकै इसारामा चल्नु पर्ने उनीहरूको भनाइ छ ।
सरकारले डेरी उद्योग, पशुपन्छी, मत्स्य, तथा मौरीपालन, फलपूmल, तरकारी र कृषिका प्राथमिक उत्पादनसँग सम्बन्धित व्यवसायमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआइ) खुल्ला गर्ने निर्णय नेपाल राजपत्रमा हालै प्रकाशित गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेपालका किसान तथा उद्यमीले गर्न नसक्ने क्षेत्रमा मात्र विदेशी लगानी ल्याउन लागेको दाबी गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्