
काठमाडौं । नेपाल उद्योग परिसंघले आयकर विवरण बझुाउने तथा कम्पनी अद्यावधिक गर्ने म्याद आगामी चैत्र मसान्तसम्म थप गर्न माग गरेको छ । कोभिडका कारण यस वर्ष समयमै कर तिर्न र कम्पनी अद्यावधिक गर्न नसक्ने अवस्था आएको भन्दै गरी परिसंघले म्याद थपको माग गरको हो ।
विगत वर्षहरुमा उद्योगी व्यवसायीले आयकर विवरण बझुाउने र कम्पनी अद्यावधिक गर्ने काम सरकारले तोकेको समय सिमा भित्र नै गरिरहेको भन्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले यो वर्ष कोभिडको असरले गर्दा व्यवसाय सुस्ताएकाले आयकर विवरण बुझाउने र कम्पनी अद्यावधिक गर्ने म्याद थप गर्नुपर्ने बताउनुभयो ।
अझै सम्म पनि कतिपय उद्योग व्यवसायहरु खुल्न नसकिरहेको र अहिले उद्योग व्यवसायले सञ्चालनको गति लिइरहेको सन्र्दभमा लेखा परीक्षण कार्यसमेत संपन्न गरि नसकेकोले उद्योगी व्यवसायीलाई म्याद थप गरि सहयोग गर्नुपर्ने परिसंघको आग्रह छ ।
विद्यमान आयकर ऐनमा चालु वर्षको अनुमानित आयकर विवरण पुस मसान्तभित्रै बुझाउनुपर्छ भने कम्पनी ऐनमा व्यवस्था भए अनुसार कम्पनी अद्यावधिक गर्नुपर्ने म्याद पनि पुस मसान्तसम्म तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्