१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विभिन्न ठाउँमा सवारी दुर्घटनामा तीनको मृत्यु


0
Shares

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिकामा गए राति भएको मोटरसाइकल दुर्घटनामा स्थानीय एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–११ का ३८ वर्षीय छविरमण ढकाल रहेको प्रहरीले जनाएको छ । मे ३ प ९८९६ नम्बरको मोटरसाइकलमा सवार ढकाल आफँै अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिकामा गए राति भएको मोटरसाइकल दुर्घटनामा स्थानीय एक युवकको मृत्यु भएको छ ।

यता, झापामै हिजो साँझ जिल्लाको बुद्धशान्ति गाउँपालिका–३ स्थित धाइजन चोकमा पिकअप भ्यानमा विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार अर्जुनधाराका ५० वर्षीय छत्रबहादुर मगरको मृत्यु भएको छ ।

उता, महोत्तरीको मनरासिस्वामा मोटरसाइकल दुर्घना हुंदा भारतीय युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा विहारको बारा पञ्चायतका २२ वर्षीय रवीन्द्र पासवान हुन् ।

तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि बसेका रवीन्द्र गम्भीर घाइते भएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।