७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


चितवनमा चार दिनसम्म चराहरु गनिने


0
Shares

चितवन । चितवनमा आजदेखि जलपंक्षीको गणना शुरु भएको छ । बर्ड एजुकेशन सोसाइटी सौराहको आयोजनामा गरिने गणनामा जलमा आधारित चराहरुको गणना गरिने छ ।

भण्डारादेखि लोथर जिन्दानी घाटसम्म, जिन्दाजी घाटदेखि सौराहा कसरा र लामिताल तमोर तालसम्म चार दिन चरा गणना गरिने आयोजकले जनाएको छ ।

चितवनको सिमसार क्षेत्र चराहरुका लागि उपयुक्त स्थान भएकाले रैथानेदेखि हजारौँ माइल यात्रा गरी बाहिरबाट समेत चराहरु आउने गर्दछन् । विश्वका विभिन्न २७ वटा देशमा पनि आजदेखि चरा गणना भैरहेको छ ।

नेपालमा २०५३ सालदेखि चरा गणना गर्न थालिएको हो । हाल नेपालमा ८ सय ८७ प्रजातिका चराहरु पाईन्छ ।