८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बस्ती माथिको जमिन चिरा परेपछि ज्यामरुङ्गका बासिन्दा जोखिममा


0
Shares

धादिङ । धादिङमा नीलकण्ठ नगरपालिका ११ दमै चौतारास्थित ज्यामरुङ्गका बासिन्दाले बस्तीभन्दा माथिबाट सडक खन्ने क्रममा जमिन चिरा परेपछि सुरक्षित स्थानमा सारी दिन सरकारसँग गरेका छन् ।

जमीन चिराचिरा परेकाले जुनसुकै बेला पनि पहिरो खस्न सक्ने भन्दै स्थानीयले स्थानान्तरणको माग गरेका हुन् ।

पटकपटक सडक बनाउन आग्रह गर्दासमेत नगरपालिकाले अटेर गरी सडक निर्माण नगरेकाले जमिन चिरा परेर पहिरो जान थालेको स्थानीयको  गुनासो छ । जमीन चिरा परेका ठाउँ वरपर स–साना पहिरो खस्न थालेको छ ।

पहिरोका कारण दमै चौताराका लम्साल गाउँ, लामिछाने गाउँ, सिम्ले ज्यामरुङ्ग र पाङ्ग्रे गाउँका करिब एक सय ५० घरधुरी पहिरोको उच्च जोखिममा रहेको छ ।

पानी परेको समयमा जुनसुकै बेला पनि पहिरो खस्न सक्ने भन्दै स्थानीयलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिसकेको नीलकण्ठ नगरापालिका ११ का वडा अध्यक्ष तिलक थापाले जानकारी दिए ।