
एजेन्सी । अमेरिकामा सत्ता हस्तान्तरणको खिचातानी र क्यापिटल हिलमा भएको हिंसापछि राजीनामाको पहिरो गइरहेको छ । अब त्यहाँका कार्यकारी होमल्याण्ड सुरक्षा सचिव चाड वुल्फले पनि राजीनामा दिनुभएको छ । एएफपी समाचार एजेन्सीले वुल्फले राजीनामा दिएको उल्लेख गरेको छ ।
वुल्फले आफ्ना कर्मचारीलाई लेखेको पत्रमा भनेका छन्, ‘हालसालै भएको घटनाहरुका कारण मैले यो कदम उठाउनुपर्यो । जसमा अदालतमा मेरो कार्यकालको विषयलाई लिएर मुद्दा पनि चलिरहेको छ । यस्ता कुराहरुले सत्ता हस्तान्तरणको यो मुस्किल घडीमा आवश्यक कार्यबाट ध्यान बाँडिनेछ ।’ वुल्फको राजीनामा सोमबार मध्यरातिबाट लागू हुनेछ । अब फेडेरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीको प्रशाकक पीट गेनरले उनको स्थानमा काम गर्नेछन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थकहरुले क्यापिटल भवनमा आक्रमण गरेर ५ जनाको मृत्यु भएसँगै अमेरिकाको राष्ट्रिय सुरक्षा उप सल्लाहकार म्याट पोन्टिगर, प्रथम महिला मेलानिया ट्रम्पकी चिफ स्टाफ स्टेफानी ग्रीमश, ह्वाइट हाउसका प्रेस उपसचिव सारा म्याथूजले पनि राजीनामा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्