
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूसँग पुर्नकर्जाको लागि आवेदन माग गरेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै पुर्नकर्जाका लागि आवेदन माग गरेको हो । लघुवित्तहरूले माघ १२ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
लघुवित्त वित्तीय संस्थाहरूले आवेदन दिँदा विभिन्न नियमहरू पालना गर्नु पर्ने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ । लघुवित्त कम्पनीहरुले आफ्नो पुँजीकोषको ६५ प्रतिशतसम्मको रकमको लागि पुर्नकर्जा आवेदन दिन सक्ने, अघिल्लो त्रैमासको पुँजी कोषको अनुपात राष्ट्र बैंकले तोके बमोजिम हुनु पर्ने प्रावधान तोकेको छ ।
यस्तै पुँजी योजना अनुसार चुक्ता पुँजी पुगेको हुनु पर्ने र पछिल्लो तीन वर्षभित्र संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु तथा सीइओ कारबाहीमा नपरेको हुनुपर्ने लगायतका शर्त पालना गर्नुपर्ने उल्लेख गरेको छ ।
त्यस्तै, आफ्नो कार्य क्षेत्र भन्दा बाहिर कर्जा प्रवाह नगरेका संस्थाले मात्र आवेदन दिन पाउन छन् । पुर्नकर्जा प्राप्त गर्ने संस्थाले प्राप्त श्रोतको आधारमा सम्पूर्ण ऋणीको व्याजदर कम हुने गरी व्याजदरमा समायोजन हुनु पर्ने शर्त पनि राष्ट्र बैंकले राखेको छ ।
प्रतिक्रिया दिनुहोस्