काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, प्रदेश एक र दुईका केही स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार दिउँसो यी प्रदेशका एक दुई स्थानमा वर्षा उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि हुने महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
स्थानीय वायुको सक्रियताका कारण वर्षा र हिमपात हुने महाशाखाले जनाएको छ । केही दिनदेखि दक्षिणी वायुको प्रभावका कारण न्यानो महसुस भएकोमा मंगलबारदेखि स्थानीय वायु सक्रिय भएर वर्षा र हिमपात गराउने भएकाले चिसो बढ्ने महाशाखाको अनुमान छ । बुधबार र बिहीबार देशभरको मौसम थप बदली भई वर्षा र हिमपात हुने मौसमविद् मानन्धरले बताउनुभयो । वर्षा हुँदा आकास खुलेर चिसो बढ्ने महाशाखाले उल्लेख गरेको छ ।
मंगलबार बिहान देशका धेरैजसो स्थानको मौसम बदली भएको छ । तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । उपत्यकाको बिहानको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो तापक्रम बढेर २३ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्