१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चीनले लद्दाखबाट १० हजार सैनिक हटाएको भारतको दाबी


0
Shares

एजेन्सी । चीन र भारतको सीमा बास्तविक नियन्त्रण रेखा (एलएसी)बाट चीनले आफ्ना १० हजार सैनिकलाई फिर्ता बोलाएको छ । सरकारी स्रोतलाई उद्धृत गर्दैै समाचार एजेन्सी एएनआईले यो खबर बाहिर ल्याएको हो ।

चीन र भारतको सम्बन्धमा पछिल्लो समय समस्या नआएकाले चीनले त्यहाँबाट आफ्नो सैनिक हटाएको हुनसक्ने भारतीय अधिकारीहरुको अनुमान छ । चीनको सेनाले पूर्वी लद्दाखमा आफ्ना जवानहरूलाई तालिम दिने गर्छ ।

यद्यपि चीनका सैनिकहरू अझै पनि उक्त क्षेत्रमा तैनाथ छन् । गतवर्ष मेमा चीन र भारतबीच तनाव बढेपछि तयार गरेर राखिएको बन्दोबस्तीका सामान भने अहिले पनि त्यहिँ नै छ । चीनको सेनाको तयारी देखेपछि भारतले पूर्वी लद्दाखमा बन्दोबस्तीका सामानसहित ५० हजार सैनिक तैनाथ गरेको थियो ।