१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसको प्राथमिकता निर्वाचन– उपसभापति निधि


0
Shares

जनकपुर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसले निर्वाचनलाई प्राथमिकता दिएको बताउनु भएको छ ।

संसद् विघटनबारे सर्वोच्च अदालते गर्ने निर्णय कांग्रेसले स्वीकार गर्ने बताउँदै उहाँले अहिलेको अवस्थामा आफूहरुको प्राथमिकता निर्वाचन भएकोमा जोड दिनुभयो ।

मंगलबार नेपाल प्रेस युनियन धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपसभापति निधिले कांग्रेसले १४ औं महाधिवेशनलाई थाँती राखेर निर्वाचन केन्द्रति भएको बताउनुभयो ।

उपसभापति निधिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम भने अप्रजातान्त्रिक भएको टिप्पणी गर्नुभयो । विघटन जनादेशको अपमान भएको उहाँको भनाइ छ ।

उपसभापति निधिले मुलुकलाई कुनै पनि बहानामा जनप्रतिनिधिवीहिन बनाउन नपाइने बताउनुभयो ।