१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१४ मोटरसाइकलसहित ७ जनाको गिरोह पक्राउ


0
Shares

झापा । इलाका प्रहरी कार्यालय अनारमनीले मोटरसाइकल चोरीमा संलग्न सात जनालाई पक्राउ गरेको छ । बिर्तामोडमा कोठा भाडामा लिएर चोरीमा संलग्न रहेको गिरोहलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुबाट १४ वटा मोटरसाइकलसहित एकथान स्कुटर पनि बरामद गरिएको छ । पक्राउ पर्नेमा इलामका क्षितिज भनिने रोशन तामाङ, सोही ठाउँका रोशन वुढाथोकी, रोशन गिरी, राजेश गिरी, मनिष गिरी, पाँचथरका रोशन भनिने पाशाङ तामाङ र ताप्लेजुङका सन्दिप लिम्बू रहेका छन् ।

विभिन्न मितिमा हराएका मोटरसाइकलसहित उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । केही दिनयता बिर्तामोड तथा आसपासका क्षेत्रबाट दैनिक मोटरसाइकल चोरी भएको भन्दै उजुरी पर्ने गरेका छन् ।