१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ट्रम्पले लगाए अमेरिकामा संकटकाल


0
Shares

us president trump

काठमाडौं । राष्ट्रपति ट्रम्पले नव निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ समारोह हुने शहर वाशिङटन डिसीमा आपतकालको घोषणा गर्नुभएको छ ।

यही जनवरी ११ देखि २४ जनवरी सम्म २ साताको लागि सो शहरमा आपतकाल घोषणा गरिएको हो । आफूलाई महाअभियोगको प्रस्ताव पेश गरेपछि रुष्ट बन्नुभएका ट्रम्पले शपथ ग्रहण समारोहलाई प्रभावित गर्ने उद्देश्यले आपतकाल घोषणा गरेको विश्लेषण गरिएको छ ।

साथै आपतकालको समयमा ट्रम्पका समर्थकहरुले हिंसा मच्चाउन सक्ने भन्दै स्थानीय प्रहरी र संघीय अनुसन्धान अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

यसअघी अमेरिकी संघीय अनुसन्धान ब्युरो एफबीआईले ट्रम्पका समर्थकहरुले अमेरिकाको ५० वटा राज्यहरुमा हतियार सहित प्रदर्शन हुन लागेको खुलासा गरेको थियो ।