१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आयल निगमको नाफा १२ अर्ब ९१ करोड


0
Shares

काठमाडौं । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७६/०७७ मा १२ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ नाफा गरेको जनाएको छ ।

निगम सञ्चालक समितिको ३९ औं वार्षिक साधारणसभामा समितिका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले प्रतिवेदन प्रस्तुत गर्दै यो जानकारी दिनुभएको हो ।

नाफा रकमबाट निगमका सेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत बराबरको नगद लाभांश दुई अर्ब २० करोड वितरण गर्न साधारणसभाले स्वीकृति प्रदान गरेको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण समेतका वित्तीय विवरण पहिलो पटक नेपाल वित्त रिपोर्टिङ मापदण्ड अनुसार तयार पारिएको हो ।