१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विप्रेषणमा सुधार हुँदा निर्यातमा वृद्धि


0
Shares

काठमाडौं । चालु आर्थिक वर्षको पाँचौ महिनामा विप्रेषण आप्रवाहमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार मंसिर मसान्तसम्ममा विप्रेषण आप्रवाहमा करिब ११ प्रतिशतले वृद्धि भई ४ खर्ब १६ अर्ब ८१ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह शुन्य दशमलव २ प्रतिशतले घटेको थियो । अघिल्लो वर्ष भन्दा यस वर्ष फलफूल, घ्यू तथा तेल, तरकारी र दाल तथा गेडागुडीको मूल्य १४ प्रतिशतसम्म बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै यसै अवधिमा आयात घट्दा निर्यातमा सुधार भएको राष्ट्र बैंकले जनाएको छ । वस्तु निर्यात ५ दशमलव १ प्रतिशतले वृद्धि भई ५० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २७ प्रतिशतले वृद्धि भएको थियो ।

यसै अवधिमा वस्तु आयात ९ दशमलव ६ प्रतिशतले घटेर ५ खर्ब २५ अर्ब ५० करोड कायम भएको नेपाल राष्ट्र बैंकको तथ्याकं छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४ दशमलव २ प्रतिशतले घटेको थियो । यसै अवधीमा शोधनान्तर स्थिति १ खर्ब ०६ अर्ब ४८ करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ३० करोडले बचतमा रहेको थियो ।