१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने


0
Shares

Dahal-Nepal vela

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिनुभयो । संसद् विघटनविरुद्ध आन्दोलन गरिरहेको नेकपाले आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्ने बताइएको छ ।

यसैबीच नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको बताउनुभएको छ ।

माघी पर्वको अवसरमा आज संयुक्त शुभकामना सन्देश जारी गर्दै दाहाल र नेपालले नेपाली जनताको आपसी एकताबाट पैदा भएको परिवर्तनकामी सोचका कारण नेपालमा सामाजिक र राजनीतिक परिवर्तन सम्भव भएको स्मरण गर्नुभएको छ ।

नेताहरुले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि एकजुट भएर अगाडि बढ्न आदिवासी जनजातिलगायत सम्पूर्ण जनसमुदायमा अपीलसमेत गर्नुभएको छ ।