
काठमाडौं । मलेसियाका पूर्व प्रधानमन्त्री नजिव रजाकलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै १२ वर्षको जेल सजाय तोकिएको छ । अर्बौं डलरको भ्रष्टाचार गरी सरकारी सम्पत्तीको दुरुपयोग गरेको अभियोगमा पक्राउ परेका रजाकलाई मलेसियाको उच्च अदालतले दोषी ठहर गर्दै १२ वर्षको जेल सजाय तोकेको हो ।
पूर्वप्रधानमन्त्री रजाकलाई वन एमडीबी नामको सरकारी फन्ड दुरुपयोग गरेको आरोपमा दोषी ठहर गरिएको हो । उनीमाथि सरकारी कोषबाट एक अर्ब डलर आफ्नो खातामा सारिएको आरोप लागेको थियो ।
मलेसियामा दुई वर्षअघि भएको ऐतिहासिक निर्वाचनमा मतदाताहरुले नाजिबलाई सत्ताबाट हटाएका थिए । तर नजिवले आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आउनु भएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्