
काठमाडौं । प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौंमा हुँदैछ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुन लागेको प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछन् ।
प्रतियोगिताको पहिलो खेलमा आज त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भिड्नेछन् । माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिम गरी कुल १० टोली आमने सामने हुनेछन् ।
दुई समूहमा विभाजन गरी खेलाइने प्रतियोगिताका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । समूह ए मा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ, प्रदेश–१, गण्डकी प्रदेश, र कर्णाली प्रदेश रहेका छन् । समूह बी मा नेपाल पुलिस क्लब, प्रदेश–२, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्