१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काँग्रेस अदालतको निर्णय कुरेर बसेको छ, संसद पुन:स्थापना मात्रै हुनुपर्छ भन्ने कूतर्क होः विमलेन्द्र निधि


0
Shares

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले काँग्रेस अदालतको निर्णय कुरेर बसेको बताउनुभयो । काँग्रेस संसद पुनस्थापना र निर्वाचन दुवैको तयारीमा नभइ अदालतको निर्णय कुरेर बसेको बताउनुभयो ।

ईमेज टेलिभिजनसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘अदालतले छिटो निर्णय गर्दियोस ।’ निर्वाचन र संसद पुनस्थापना दुवै निर्णय अदालतले गरेपनि काँग्रेस दुवैलाई स्विकार्ने उहाँले बताउनसभयो ।

संसद पुनस्थापना मात्रै हुनुपर्छ अरु विकल्प छैन भन्नु अराजनीतिक र कूतर्क भएको उहाँको तर्क छ । निधिले काँग्रेस पुनस्थापना भएपनि काँग्रेस सरकारमा नजाने उहाँले दावी गर्नुभयो ।

हेरौ भिडियो ।