
प्रकाश नेपाल
इलाम । प्रदेश नम्बर एकको प्रमुख पर्यटकीय गन्तव्य इलामको सन्दकपुमा पर्यटकको चहलपचहल बढ्न थालेको छ । नेपाल र भारत दुवै देशले पर्यटक आवतजावत खुल्ला गरेपछि पर्यटक चहलपहल बढेको हो ।
कोरोनाका कारण लामो समयदेखि बन्द रहेको इलामको पर्यटकीय क्षेत्र सन्दकपुरमा पर्यटकको चहलपहल बढेको छ । कोरोना भाइरस फैलन नदिन सन्दकपुर पर्यटन पदमार्ग २०७६ चैत्रदेखि बन्द गरिएको थियो ।
नेपाल र भारत दुवै देशका प्रशासनले पर्यटक आवतजावत खुल्ला गरेपछि अहिले सन्दकपुरमा दैनिक चार सयसम्म पर्यटक पुग्दै आएकोे बताइएको छ । मानेभञ्ज्याङ्गबाट शुरु हुने सन्दकपुर पदमार्गमा पर्यटक बोक्ने ३० वटा गाडि नियमित रुपमा संचालनमा आइरहेका छन् ।
८ महिनासम्म आफ्नो व्यवसाय ठप्प गरेर बसेका होटल व्यवसायी पर्यटक आवतजावत खुल्ला गरेपछि खुशि भएका छन् । सन्दकपुरमा अहिले नेपाल र भारतका पर्यटकहरु अत्यधिक देखिन्छन् । मौसम सफा रहेकाले हिमाली दृश्यमा रमाउन तेस्रो मुलकका पर्यटकहरु पनि सन्दकपुर पुग्ने गरेका छन् ।
प्रदेश नम्बर एकको प्रमुख पर्यटकीय गन्तव्यमा घोषित सन्दकपुर इलामको सन्दकपुर गाउँपालिका ४ मा अवस्थित छ । एकैस्थानबाट नेपाल, भारत, भुटान र चीनको तिब्बतका ६० बढी हिमालका चुचुरा सन्दकपुरबाट देखिन्छ ।
३ हजार ६ सय ३६ मिटरको उचाईमा रहेको सन्दकपुरबाट सूर्योदय सूर्यास्तको अवलोकनसँगै दर्जनौ प्रजातीका चराचुरुङ्गी र लोपोउन्मुख वन्यजन्तुको अध्ययन गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्