
सर्लाही । बागमती नगरपालिकामा रहेको झप्सी भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । बागमती नगरपालिका –११ मा रहेको झप्सी भिरदेखि ६० फिट तल खस्दा रौतहटका चन्द्रपुर नगरपालिका १ का अन्दाजी ६५ वर्षिय ललित बहादुर वाईवाको मृत्यु भएको हो ।
मादक पदार्थ सेवन गरेका वाईवा भिरबाट लडेर घाईते भएको खबर प्राप्त हुनासाथ स्थानीयको सहयोगमा प्रहरीले उनीलाई उद्धार गरी उपचारका लागि नमुना अस्पताल हरिवन पुर्याएका थिए ।
उपचारका लागि अस्पताल पुर्याएको केही समयपछि अस्पताल प्रशासनले वाईवालाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ । मृतकको शव नमुना अस्पताल हरिवनमै रहेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्